Friday, September 18, 2026
Home राजनीति मुख्य न्यायाधिवक्तामा आचार्यले लिए शपथ

मुख्य न्यायाधिवक्तामा आचार्यले लिए शपथ

49

विराटनगर । प्रदेश १ मा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन्। उनले आज बुधबार शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारूले शपथ गराएका हुन्। शपथ प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा भएको हो।

बिर्तामोड ५, झापा निवासी आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।