Monday, September 21, 2026
Home Uncategorized अब राष्ट्रपति एमालेभन्दा दायाँबायाँ हुँदैन

अब राष्ट्रपति एमालेभन्दा दायाँबायाँ हुँदैन

39

दाङ । नेकपा एमाले पोलिटब्युराे सदस्य पार्वत गुरुङले एमालेबाट उम्मेदवारी दिने व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्।

दाङको लमहीमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सञ्चारमन्त्रीसमेत रहेका गुरुङले सत्तारूढ दलको बीचमा भएको सहमति बेगर कांग्रेस वा बाहिरबाट राष्ट्रपति चुनिने विषय हल्ला मात्रै भएको बताए।

‘कांग्रेसले एमाले र माओवादीको बीचमा अविश्वास सृजना गर्नको लागि चलाएको हल्लामात्रै हो। एमालेभन्दा बाहिरबाट आउने व्यक्ति राष्ट्रपति हुँदैन’, उनले भने, ‘कांग्रेसको खेल केही दिनमा आफैँ सकिन्छ।’

राष्ट्रपतिमा कसलाई पठाउने भन्ने विषयको टुंगो पार्टी भित्र हुने बैठकबाट टुंगो लाग्ने उनकाे भनाइ छ।

‘राष्ट्रपति एमालेकै हुन्छ। तर कसलाई पठाउने भन्ने निर्णय छलफलबाट टुंगिन्छ। जनताको छोरा या छोरी राष्ट्रपति हुन्छन्। जसले पनि यो अवसर पाउन सक्छ। त्यसको निर्णय एमालेले गर्छ’, नेता गुरुङले भने।

उनले राष्ट्रपतिको गरिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बढाएको चर्चा गरे।