Tuesday, September 22, 2026
Home राजनीति प्रभु साह नयाँ पार्टी घोषणाको तयारीमा

प्रभु साह नयाँ पार्टी घोषणाको तयारीमा

313

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै आएका छन् ।

त्यसको निचोड सार्वजनिक गर्न उनले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा आज दिउँसो ३ बजे आयोजना गरिएको छ । नेता साहले भने, ‘पार्टी गठनको तयारीका लागि अनौपचारिक छलफल गरिरहेका छौं । आज त्यसको निचोड सार्वजनिक गर्छौं ।’

यसअघि साहले नयाँ पार्टीको नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको बताएका थिए ।

नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका साहले पार्टी गठन गरेपछि अग्रगामी शक्तिहरुसँग एकताका लागि सम्वाद गर्ने बताए ।