काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । बुधबार भने छापावाल सुन प्रतितोला एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । नेपाली बजारमा बिहीबार प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ९बुधबार० प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।