सुनचाँदी पसलेमाथी गोली चल्यो, अर्का एक जना समेत घाइते

44
सांकेतिक तस्विर

कैलाली । जिल्लाको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा २ जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ भने गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । डीएसपी रविन्द्र पाण्डेका अनुसार न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम र थप एक जना घाइते भएका छन् ।