उदयपुर निर्माण व्यवसायी संघको अध्यक्षमा पूनः कौशल आचार्य निर्वाचित

70

काठमाडौं । नेपाल निर्माण व्यवसायी संघ उदयपुर अध्यक्षमा कौशल कुमार आचार्य पूनः निर्वाचित भएका छन् । ८ औं अधिवेशन र १० औं साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष पदका लागि कौशल कुमार आचार्य र प्रेमप्रसाद तिम्सिना प्रतिस्पर्धामा थिए । प्रथम उपाध्यक्षमा सुनिल कार्की, दित्तीय उपाध्यक्षमा सुभाष कुमार भट्टराई, तृतीय उपाध्यक्षमा वीरेन्द्र खड्का निर्वाचित भएका छन् । यसैगरी महासचिवमा सुदीप दाहाल, सचीवमा कुल बहादुर राउत, कोषाध्यक्षमा अस्विन खड्का र सह कोषाध्यक्षमा भुवन खड्का निर्वाचित भएका छन् ।  सदस्यहरुमा सीता कुमारी बस्नेत, मन्दिप राई, एक बहादुर कार्की, उद्दव खत्री, राकेश खत्री, अनिल खड्का, बिनोद थापा, एल्विन बस्नेत, गणेश कुमार राई, प्रमोद पोखरेल, सुनिल शाह, हेम दाहाल र अनिल आचार्य निर्वाचित भएका छन् ।