Saturday, October 10, 2026
Home समाज आयाेगले आज समानुपातिकतर्फ चयन भएका सांसदकाे घाेषणा गर्ने

आयाेगले आज समानुपातिकतर्फ चयन भएका सांसदकाे घाेषणा गर्ने

30

काठमाडौँ । निर्वाचन आयाेगले बुधबार मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूकाे घाेषणा गर्ने भएकाे छ।

आयाेगले आज दिउँसाे साढे १ बजे पत्रकार सम्मेलन गर्दै समानुपातिकतर्फकाे सांसदहरूकाे नामावली सार्वजनिक गर्न लागेकाे हाे।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हाे।

यसपछि आयाेग राष्ट्रपति विद्या भण्डारीसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने तयारीमा लाग्नेछ।