जनप्रतिनिधि आएपछि नदी दोहनको गतिविधिमा वृद्धि

61

बैशाख ७,
सिन्धुपाल्चोक । यहाँको इन्द्रावती र सुनकोशी नदी किनार जनप्रतिनिधि आएपछि नदी दोहनको गतिविधिमा वृद्धि भएको छ। जनप्रतिनिधिले आफ्नो पालिकाको मुख्य आम्दानीको स्रोत नदीजन्य पदार्थलाई लिएकाले नदी उत्खननमा व्यापक रूपमा वृद्धि भएको हो। इन्द्रावती र सुनकोशी नदीमा सञ्चालित क्रसर उद्योगले मनलाग्दी दिनप्रतिदिन दोहन गर्दा समेत जनप्रतिनिधि मौन बसेको कारणले नदी दोहन व्यापक रूपमा बढेको स्थानीयको भनाई छ। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबीसे नगरपालिका, मेलम्ची नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका र इन्द्रावती गाउँपालिका भित्र नियम विपरीत तवरले व्यापक रूपमा नदी दोहन भइरहेको छ। नियमसंगत तवरमा जिल्ला समन्वय समितिमार्फत ठेक्का प्रक्रियामा गई क्रसर उद्योग नदी उत्खनन गरे पनि नियमलाई कुल्चेर मनलाग्दी रूपमा नदी उत्खनन भइरहेको छ। क्रसरको दोहनले इन्द्रावती र सुनकोशी नदिएको स्वरूप परिर्वतन भएको छ। मनलाग्दी तवरले नदीको धार परिर्वतन हुँदा समेत स्थानीय तह, प्रहरी, प्रशासन र बेवास्ता गरेको स्थानीयको भनाई छ। क्रसर उद्योगले कानुनी प्रक्रिया मिचेर मनलाग्दी गरेको पनि जनप्रतिनिधिले समेत बेवास्ता गरेका लामो समयदेखि सुनकोशीमा बालुवा चाल्दै आएका सुन्दर माझीले बताए। त्यसैले नदीजन्य पदार्थ सङ्कलन नियम व्यवस्थित बनाउन आवश्यक देखिएको उनको भनाइ छ। क्रसरसँग जनप्रतिनिधिको साँठगाँठ भएकै कारणले व्यापक नदी दोहन बढेको स्थानीयको आरोप छ। क्रसर उद्योगमा राजनीतिक दलका ठुला नेताहरूको समेत हात रहेको हुनाले नदी दोहनमा कसैले वास्ता नगरेको स्रोतको दाबी छ। राजनीतिक दलको भरपोषणले नै नदी दोहन व्यापक रूपमा मौलाएको छ। राजनीतिक दलका ठुला नेता, जनप्रतिनिधि, पुलिस, प्रशासनमा नदी दोहन भइरहेको छ।