नेशनल प्याब्सनले जिल्लाव्यापी फुटसल प्रतियोगिता आयोजना गर्दै

40

भक्तपुर । नेशनल प्याब्सन भक्तपुरले जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ । मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता सूर्यविनायकको कांलाचास्थित हेल्थी फुटसलमा संचालन हुनेछ ।

माध्यमिक र आधारभूत दुवै तहको एकरएक खेल समूहले प्रतिस्पर्धा गर्ने उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले भाग लिएका नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले जानकारी दिए । पहिलो दिन लिक चरणका सबै खेलहरु सम्पन्न हुने र मंसिर २७ गते क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु सम्पन्न हुनेछ । खेलका बिजेतालाई मेडल तथा ट्रफी प्रदान गर्ने खड्काले बताए ।