गाेरखा- २ मा प्रचण्डकाे अग्रता कायमै

36

काठमाडाैँ । गोरखा क्षेत्र नम्बर २ ‍मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलाे अग्रता कायमै गरेका छन्।

८ हजार ५४० मत गणना हुँदा प्रचण्डले ५ हजार ९८० मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले एक हजार ६८२ मत प्राप्त गरेका छन्। बुर्लाकाेटी र प्रचण्डबीच ४ हजार २९८ मतान्तर रहेकाे छ।

यता, नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले १ हजार ४३८ मत प्राप्त गरेका छन्।

साे क्षेत्रमा मतगणना जारी छ।