भक्तपुर । नेपालको राजनीतिमा उदायका एक पात्र हुन् महेश बस्नेत । नेकपा एमालेको राजनीतिबाट मुुलुकको नेतृत्व गर्ने सक्ने खुबी भएका बस्नेत भक्तपुर जिल्लामा विकाशको लहर ल्याउने सांसद हुन् । मंसिर ४ गते हुने संघीय निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र न. २ बाट उम्मेदवार बनेका बस्नेतको लोकप्रीयता सगैं केही विवादपनि आउँछ । तर, जिल्लाका बासिन्दाहरुले बस्नेतको विरोधीहरुले भने जस्तो महेश अवगूणी नभएको बताउँछन् । भक्तपुरका युवाको आशा, वृद्धवृद्धाको भरोसा रहेको भन्दै युवाहरुको ठुलो पंतिले बस्नेतको समर्थन गर्दै आइरहेको देखिन्छ ।
भक्तपुरको मध्यपुर, सूर्यविनायक आफु उम्मेदवार बन्ने क्षेत्र मात्र नभएर भक्तपुर र चाँगुनारायण नगरपालिकाभित्र विकाश निर्माणकालागि प्रदेश र संघबाट बजेट विनियोजन गर्ने खटिने सांसदमा बस्नेत पर्दछन् । वि.स २०७४ सालको संघीय निर्वाचनमा भक्तपुरबाट निर्वाचित सांसद हुन् महेश बस्नेत । तर उनको चर्चा यतिमा मात्र सिमित छैन् । तत्कालिन युथ फोर्सको कमाण्डर भएका उनी हाल नेपाल कम्युनिष्ट पार्टी एमाले पोलोटब्यूरो सदस्य हुन् ।
बस्नेतको जन्म २०३१ सालको माघ १० गते सूर्यविनायक नगरपालिका –७, गुण्डुमा भएको हो । २०४९ सालमा नेकपा एमालेको साधारण सदस्य भएका बस्नेत २०५४ सालमा युवा संघको जिल्ला अध्यक्ष र नेकपा एमालेको जिल्ला सदस्य थिए । २०५६ सालमा युवा संघको केन्द्रीय सदस्य, २०६३ सालमा केन्द्रीय कोषाध्यक्ष हुदै २०६५ सालमा युथ फोर्सको प्रमुख, २०५० सालमा गुण्डु गाविस –४, को वडाअध्यक्ष भएका बस्नेत ०५४ सालमा २३ वर्षकै उमेरमा देशकै कान्छो गाविस अध्यक्ष भएर काम गरेका थिए । २०७२ सालमा उनीले उद्योगमन्त्री जिम्मेवारी पाएका हुन् । बस्नेतको ‘म महेश’ नामक आत्मकथा पनि प्रकाशित छ ।
महेश बस्नेतले देखेका सपनाहरु
रंगशाला बनाउने धोको
बस्नेतको पहलमा जिल्लाका प्रदेशसभा सदस्य, सरोकारवाला र युवा तथा खेलकूद मन्त्रालय, भूमि सुधार मन्त्रालय, शहरी विकास मन्त्रालयका उच्चस्तरीय प्रतिनिधिबीच पटक÷पटक भएको छलफल एवं जग्गा अनुमगनपछि सरकारले रंगशाला निर्माण क्षेत्रको पहिचान गरी कार्य अगाडि बढाएको छ । सूर्यविनायक नगरपालिका– १० नं वडाको पलाँसे र चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीको जग्गामा रंगशाला निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको थियो । तर त्यहाँ विरोध भएपछि सुनपा कै ८ र ९ मा बनाउने तयारी छ ।
हनुमान्ते सफाई र करिडोर बनाउने धोको
हनुमान्तेमा निर्माण हुने करिडोर पहिलो चरणमा दुई किलोमिटर निर्माणका लागि रु।८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य सुरु गरिएको हो । भक्तपुरका चारवटै नगरपालिका भई बग्ने हनुमन्ते नदीको कुल लम्बाइ ९ किमि छ । त्यसपछि यो नदी मनोहरा हुँदै बागमतीमा मिसिन्छ । करिडोर निर्माणअन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने छ । आगामी दुई वर्ष्भित्रमा हनुमन्ते करिडोर निर्माण गरिसक्ने लक्ष्य रहेको छ । यसका लागि पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद बस्नेतले निकै पहल गरेको देखिन्छ । भक्तपुरका चार वटा नगरपालिकालाई दायाँ बायाँ घुमाउदैं हनुमान्ते नदी बग्छ । हनुमान्ते नदी सफाई अभियान सुरु हुनुमा पनि बस्नेतको योगदान रहेको छ । अहिले यो अभियान ५१ हप्तामा चलिरहेको छ ।
पक्की सडक बनाउने धोकोः
सांसद बस्नेतले उनको निर्वाचन क्षेत्रमा मात्र नभएर भक्तपुरको १ नम्बर निर्वाचन क्षेत्रमा पनि सडक बनाउन पहल गरिरहेका छन् । उनका अनुसार गट्ठाघर सानो थिमी हुँदै बोडेसम्म जाने सडक सडक, चारदोवाटोदेखि बाखाबजार हुँदै बोडे मुलपानी जाने सडक निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ । मध्यपुर थिमी – बप्पामहादेव हुँदै थिमी नगरपालिका हुँदै बोडे जाने सडक पिच बनिसकेको समेत बताए ।
अहिले बस्नेत नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्ला निर्वाचन क्षेत्र न. २ बाट संघीय सांसदको उम्मेदवार बनेका छन् ।