पाेखरा । नवाैँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको इभेन्ट मंगलबारबाट सकिए। राष्ट्रिय खेलकुदमा पौडी सर्वाधिक स्वर्ण भएको एथलेटिक्स पछि दोस्रो खेल हो। प्रतियोगितामा विभागिय टिम आर्मीको वर्चस्व रह्यो। तर, यो पटक पनि पौडी सुरुवातबाटै चर्चामा रह्यो।
गण्डकी प्रदेशको पोखरामा ३९ वर्षअघि भएको राष्ट्रिय खेलमा पनि पौडी पोखरी थिएन, यो पटक पनि भएन। एक निजी स्कुलमा पौडी प्रतियोगिता आयोजना गरियो। प्रतियोगितामा लगातार राष्ट्रिय कीर्तिमानहरु भंग भए। तर, स्कुलमा भएको पौडीपोखरीको तोकिएको मापदण्डअनुसार थियो कि थिएन भन्ने बहस पौडी सकिएपछि सुरु भएको छ।
यसले प्रतियोगितामा लगाव लगाएर राष्ट्रिय रेकर्डका लागि स्पर्धा गरेका खेलाडीलाई भने आशंकाबीच पौडी इभेन्टमा ३५ स्वर्णसहित कुल १०५ पदकको छिनोफानो भएको छ।
९ स्वर्ण जितेकी डुवाना
जारी प्रतियोगितामा डुवाना लामाको एकल वर्चस्वर रह्यो। उनले प्रतियोगितामा ९ स्वर्ण जित्दै सर्वाधिक पदक जित्ने कीर्तिमान बनाएकी छन्। उनले ९ स्वर्ण र १ रजतसहित कुल १० पदक जितिन्। पुरुषतर्फ भने नाजिर हुसेन ७ स्वर्णसहित २ रजत र १ काश्यसहित १० पदक जिते।
यसै प्रतियोगितामा डेब्यु गरेकी एस्ली सापकोटा डंगोल प्रतियोगितामा चर्चाको शिखरमा रहिन् उनले ६ स्वर्णसहित २ रजत गरेर ८ पदक हात पार्दा। सधैँ चर्चामा रहने गौरिका सिंहका लागि भने प्रतियोगिता तुलनात्मकर रुपमा केही खल्लो बन्यो।
उनले ५ स्वर्ण १ रजत र ६ पदक जितिन्। केही इभेन्ट छाडेकी गौरिकाले अस्वस्थताकाबीच प्रतिस्पर्धा गरिन्। कुन टिमको कति पदक प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले २० स्वर्णसहित ९ रजत र ७ काश्य गरी ३६ पदक हात पार्दै शीर्ष स्थानमा रह्यो। त्यस्तै पौडीतर्फ एनआरएनए ९ स्वर्णसहित ६ रजत र १ काश्यसहित १६ पदक जित्दा एपिएफ तेस्रो स्थानमा रह्यो।
एपिएफले ३ स्वर्ण ४ रजत र ६ काश्यसहित कुल १३ पदक जितेको छ। त्यस्तै प्रदेश १ का नाममा २ स्वर्ण ४ रजत र १ काश्यसहित ७ पदक रहँदा नेपाल पुलिस क्बलले भने १ मात्र स्वर्ण जित्यो। पुलिसले ४ रजत र १० काश्यसहित कुल १४ पदक हात पार्दा पौडीमा बागमती स्वर्णविहीन रह्यो। उसले ४ रजत १० काश्यसहित १४ पदक जित्यो।
स्वर्ण जित्ने खेलाडी
डुवाना लामा ९ स्वर्ण, नासिर हुसेन ७, एस्ली सापकोटा डंगोल ६ गौरिका सिंह ५ तेन्जिङ गुरुङ ३ एलेक्जेन्डर साह ५ उपास्ती महर्जन २ अनुशिया तन्डुकार २ संकरसना रघुबंसी विकास कुमाल २ शुविज्ञमान तुलाधर १ आशिष सापकोटा डंगोल ३ युभन लाल श्रेष्ठ १ अनुभव सुब्बा १ दिलिप थापामगर १ सनिल कुमार थापा मगर १ छन्।