Sunday, October 18, 2026
Home अन्य कला गजल : घातहरू छन् 

गजल : घातहरू छन् 

104

-विदुर प्रसाद तिमल्सिना

हाम्रा सपना साटने ती रातहरू छन्
इतिहास मेटाउने ती घातहरू छन् ।।

बोल्छ मान्छे कुन लहडमा चिन्नै सकिन्न
सभ्यतामा लात मार्ने ती हातहरू छन् ।।

अस्तब्यस्त हुँदासमेत बेढङ्गको चाला
छद्मभेषी चिन्न कठिन ती जातहरू छन् ।।

चिसा आँखा लिई बस्दा बन्छ खुसी भन्ने
रोक्नसके अझै पल्लवी ती पातहरू छन् ।।

खेल्छन् मान्छे किन मान्छे कै भावनामा
झुटको मुराद बोक्ने ती मातहरू छन् ।।