काठमाडौं । सानिमा इक्विटी फन्डको २२५ नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेकाे छ। फन्डले ९ असोजमा बुक क्लोज गर्दैछ ।
तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यसआधारमा फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।