Sunday, September 27, 2026
Home समाचार अखिल क्रान्तिकारीले जलायाे राष्ट्रपतिकाे पुत्ला (तस्बिरसहित)

अखिल क्रान्तिकारीले जलायाे राष्ट्रपतिकाे पुत्ला (तस्बिरसहित)

59

काठमाडाैँ । नेकपा माओवादी केन्द्रकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्या भण्डारीकाे पुत्ला जलाएकाे छ।संगठनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि पुत्ला जलाएकाे हाे।

मीनभवनस्थित एनसिसी कलेजअगाडि अखिल क्रान्तिकारीले राष्ट्रपति भण्डारीकाे पुत्ला जलाएकाे हाे। प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए।