Sunday, September 27, 2026
Home अन्य कला रिमाकाे प्रश्न :आराेपकै भरमा कालोसूचीमा राख्न मिल्छ?

रिमाकाे प्रश्न :आराेपकै भरमा कालोसूचीमा राख्न मिल्छ?

37

काठमाडाैँ । नायिका तथा रियालसटी शाे हाेस्ट रिमा विश्वकर्माले सन्दीप लामिछाने प्रकरणमा बाेल्दै आराेप लागेकै भरमा राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गर्नु गलत रहेकाे आशय प्रकट गरेकी छन्।
राष्ट्रिय क्रिकेट टिमकाे कप्तानसमेत रहेका ‍लामिछानेलाई भाद्र पाँच गते नाबालिग किशाेरीलाई बलात्कारकाे आराेप लागेपछि क्यानले निलम्बन गरेकाे थियाे।
यही प्रसंगलाई जाेड्दै रिमाले प्रश्न गरेकी छन्,’आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’
यदि सन्दीप दाेषी भए कानुनबमाेजिम कारबाही हुनुपर्ने बताउँदै उनले आज साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत साे प्रश्न गरेकी हुन्।
उनी लेख्छिन्,’ सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला। दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’