Wednesday, October 28, 2026
Home शिक्षा नेपाल संस्कृत विश्वविद्यालयमा पुनःतालाबन्दी

नेपाल संस्कृत विश्वविद्यालयमा पुनःतालाबन्दी

36

दाङ । बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ। केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरूले बुधबार दिउँसो ३ बजेतिर विश्व विद्यालयमा ताला लगाएका हुन्।

नेपाल सरकारको हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्दी नखुलेसम्म आयुर्वेद्का विद्यार्थीका तर्फबाट विश्व विद्यालयमा ताला बन्दी गरिने विद्यार्थी अभय प्रताप चौबेले जानकारी दिए।

त्यस्तै उनका अनुसार विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग राख्दै विश्व विद्यालयमा २१ बुँदे माग राखेका थिए तर उनीहरूको माग पुरा भएको छैन्। विद्यार्थीहरुले ताला लागाउनु पूर्व विरोध स्वरुप घोराही-तुलसीपुर सडक आधा घण्टा अवरुद्ध गरेका थिए।