नेपाल बन्दको बहानामा टिपरमा आगजनी ,चालक र सहचालकलाई नियन्त्रणमा

59

दाङ : नेपाल बन्दको बहानामा टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ख १६९४ नम्बरको टिपरमा बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो।

नेकपाले बन्द कार्यक्रम बिहान ५ बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरूको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।’टिपरमा आगजनी भएपछि चालक सहचालकले प्रहरीलाई खबर नगरेको गरेका थिए। अर्कै चालकले आगो लागेको देखेर फोन गरेको हुँदा चालक र सहचालकको भनाइ पनि नमिलेका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो’,उनले भने।

कार्यकर्ता रिहा गर्न माग
​नेपाल कम्युनिष्ट पार्टी दाङले तुलसीपुर र घोराहीबाट पक्राउ परेका पत्रकारसहित ८ जनालाई तत्काल रिहाइको माग गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्द शान्तिपूर्ण गर्ने र शान्तिपूर्ण तरिकाले नेता कार्यकर्ताहरू सडक, सहरमा उपस्थित भइरहेको सन्दर्भमा राज्य पक्षबाट अनावश्यक आतङ्कित पार्ने, भए र त्रास सिर्जना गर्ने जस्ता हर्कत गरेको भन्दै विरोध जनाएको छ।