Wednesday, September 23, 2026
Home राजनीति संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति नदिन चेतावनी

संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति नदिन चेतावनी

92

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले एमालेका सांसदले संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले एमालेका नेतृत्वले संसदमै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। यस्ता अभिव्यक्तिलाई निरुत्साहित र कुण्ठित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग सांसद साहले रुलिङको माग गरे।

‘विगतदेखि नै एमालेका नेतृत्वको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरोधी संसदमा अभिव्यक्ति दिइरहेका छन्। गणतन्त्रमा पनि यस्ता आवाज उठ्दा सभामुखले रुलिङ गरेर संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरोधी आवाजलाई कुण्ठित गर्नुपर्छ’, संसद बैठकमा सांसद साहले भने।

धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरोधी गतिविधिमा संलग्न भएको भन्दै उनले ४ कात्तिक २०७७ मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारतीय रअ प्रमुख सामन्त गोयललाई किन भेट्नु परेको भन्दै प्रश्न गरे।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हैसियत नमिल्ने गोयललाई ओलीले भेट्नुको कारण खोज्दै उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षविरुद्ध उठ्ने आवाजलाई रोक्नुपर्ने माग गरे।