कर्मचारी निष्कासन प्रति एमाले नगर कमिटिको आपत्ति

408

भक्तपुर । चाँगुनारायण नगरपालिकामा कार्यरत करारका कर्मचारीलाई राजनीति पुर्वाग्रह राखेर हटाएको भन्दै नेकपा एमालेले बिरोध जनाएको छ । एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रामप्रसाद तिमिल्सीनाले नगर सभाले पारित गरेको कुरालाई एक्कासि हटाउने निर्णय गर्नु गैरराजनीतिक संस्कार भएको बताए । सोमबार एमाले नगर कमिटीले नगर प्रमुख जीवन खत्रीको निर्णय विरुद्ध बिज्ञप्ती समेत जारी गरेको छ ।
बिज्ञप्ति हेर्नुहोस्