संसदमा एमालेको प्रश्न ८४ करोडको हतियार किन ?

48

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ ।सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँबराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

उनले देशमा आर्थिक संकट आउन लागेको वेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको बताए । उनले हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै बिचौलिया र राजनीतिक व्यक्तिहरूलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको बताए । उनले हतियारको कमिसन तीन सय प्रतिशतसम्म बढाएर रकमान्तर गरिएको बताए । उनले हाल नेपाल प्रहरीलाई हतियार नभई ब्यारेक र प्रविधि चाहिएको बताए । प्रहरीलाई प्रविधि भित्र्याएर अनुसन्धानयोग्य बनाउनुपर्नेमा उनले जोड दिए ।