Sunday, September 27, 2026
Home राजनीति मधेशका मुख्यमन्त्रीको कार्यालय घेर्न जानेहरू पक्राउ

मधेशका मुख्यमन्त्रीको कार्यालय घेर्न जानेहरू पक्राउ

155

चैत १४,
जनकपुरधाम : विभिन्न मागसहित मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका प्रदरशनकारीमध्ये २९ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।सिरहा जिल्लाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरेर बिक्री गरेको विषयमा विभिन्न छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै अभियान्ताहरूले विरोध प्रदर्शन गरेका हुन्।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्नका लागि पुगेका चुरे तथा वन जङ्गल संरक्षण अभियान्ताहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको आन्दोलनमा सहभागी सरोज रायले बताए। साथै उनीहरूले भूमिहीन, दलित तथा सुकुम्वासीको समस्या शीघ्र समाधान गर्नका लागि पनि माग गरेका छन्। अहिले भूमिहीनका लागि वितरण गरेको जग्गा धनीपुर्जा सबै समुदायका भूमिहीनले नपाएको जस्ता विषयमा नाराबाजी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवन घेराउ गर्नका लागि पुगेपछि प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिँदा झडप पनि भएका छन्।