Monday, September 28, 2026
Home राजनीति सबै स्थानीयमा जित हासिल गर्ने गरि तयारीमा लागौं :गणेश लामा

सबै स्थानीयमा जित हासिल गर्ने गरि तयारीमा लागौं :गणेश लामा

164

काठमाडौ । नेपाली काङ्ग्रेसको घर-घर जाऔ,काङ्ग्रेस जिताऔ अभियान अन्तर्गत मनाङ जिल्लाद्वरा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गणेश लामाले सबै स्थानीयमा जित हासिल गर्ने गरि तयारीमा लाग्नुपर्ने बताएका छ्न। नेता लामा केन्द्रिय प्रतिनिधिको रूपमा मनाङ खटिएका छन ।उनले अभियान अबधिभर मनाङ्वासी संगै रहेर जिल्लाको सिङ्गो संगठनलाई परिचालन गर्दै बर्तमान सरकारले गरेका राम्रा कामको प्रचार र विपक्षीका गलत हल्लालाई चिर्ने गरि अघि बढने बताए । जतिबेला मुलुक अप्ठ्यारोमा पर्छ त्यतिबेला काङ्ग्रेसले नेतृत्व गर्दै समाधान गरेकोले लोकतन्त्रको विकल्प लोकतन्त्र र काङ्ग्रेसको विकल्प काङ्ग्रेस नै भन्ने बुझाई जनस्तरमा स्थापित भएको दाबी गरे।
कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री टेक बहादुर गुरुङले एमसिसीको बिषयमा केहि कम्युनिस्ट नेताहरूले गलत हल्ला फैलाएको भन्दै समयक्रममा जनताले बुझ्दै जाने भन्दै सहि सूचना जनातामा सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।जिल्ला सभापति शंकर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई बरिस्ठ नेताहरु पल्तेन गुरुङ र कोमल बहादुर घलेले सैद्धान्तिक रूपमा नै काङ्ग्रेस स्पष्ट भएकोले कम्युनिस्टहरुले फैलाउने हल्लाको अर्थ नहुने भन्दै युवाहरुले यस्ता भ्रम चिर्न घर घरमा जानुपर्नेमा जोड दिएका थिए ।