Thursday, September 24, 2026
Home समाज गौशालामा अक्सिजनसहितको निःशुल्क आइसोलेसन केन्द्र संचालन

गौशालामा अक्सिजनसहितको निःशुल्क आइसोलेसन केन्द्र संचालन

64

जेठ ५,
काठमाडौं : मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा निःशुल्क आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ।

समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजन सेवासहित ५१ बेडको आइसोलेसन केन्द्र संचालनमा ल्याएको हो । आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले जानकारी दिए।

आइसोलेसन केन्द्रको बुधबार उपप्रधानमन्त्री इश्वर पोखरेलले उद्घाटन गरे। ‘कोभिड विरुद्धको लडाईं हामी सबैले मिलेर लड्ने हो । यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन उपप्रधानमन्त्री पोखरेलले भने, सरकारले अभिभावकको भूमिका खेल्छ, तर यो लडाईं हामी सबै एकैठाउँमा उभिएर लड्नुपर्छ ।’

३ सय बेडसम्म विस्तार गर्न सकिने यस आइसोलेसन केन्द्रलाई पूर्ण रुपमा संचालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले आश्वासन दिए।

सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिए ।