चैत ३,
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा चियापान आयोजना गरे। सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताईदिएपछि ओलीले पहिलो पटक चियापान गरेका थिए। २०७५ सालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। पार्टी एकताभएसँगै नेपाल कम्युनिस्ट पार्टी बनेको थियो। त्यसपछि एमाले र माओवादी केन्द्रको औचित्य सकिएको थियो।
सर्वोच्च अदालतले उनीहरूको पार्टी एकता नै बदर गर्दै पुरानै अवस्थामा फर्काइदिएको थियो। पार्टी पुरानै अवस्थामा फर्किएपछि ओलीले चियापान गरेका हुन्। बढ्दो तिक्तता तथा विरोधाभास कम गर्दै आत्मीयता जगाउन ओलीले चियापन गरेका हुन्। चियापान कार्यक्रममा ओली पक्षीय नेता तथा कार्यकर्ताको मात्र उपस्थिति रहेको थियो।
चियापान गरेर सांसद्हरू प्रतिनिधिसभा बैठकको लागि संसद् भवनतर्फ लागे। चियापानमा खानेकुराको व्यवस्थापन गर्ने जिम्मा कार्की क्याटरिङलाई दिइएको थियो। चियापानमा विभिन्न परिकारको व्यवस्था गरिएको थियो। जसमा चियाकफी, कोल्ड ड्रिंक, कालाजामुन, फ्रुट्स, फिस फ्राई, भेज स्यान्डविच, बोइल्ड भेज, कटलेट, लगायतका परिकार थिए। चियापानमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरू अनुपस्थित थिए। उनीहरूले उक्त चियापान नै बहिस्कार गरेका थिए।