Saturday, September 26, 2026
Home समाचार उदयपुर सिमेन्टः महाप्रबन्धकमा ३ सिफारिस

उदयपुर सिमेन्टः महाप्रबन्धकमा ३ सिफारिस

338

काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका स्वकीय सचिव हितेश ओझाले उदयपुर महाप्रबन्धक नियुक्त प्रक्रिया अघि बढाइएको जानकारी दिए। स्रोतका अनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले महाप्रबन्धक नियुक्ति गर्नेछ।

उद्योग मन्त्रालयको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिसका आधारमा सोमबार बस्ने मन्त्रिपरिषद्मा, सोमबार सम्भव नभए अर्को हप्तासम्म निर्णय हुनेछ। उद्योग मन्त्रालयका प्रवक्ता डा। नारायण रेग्मीले मन्त्रालयले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा तीन जनाको नाम सिफारिस गरेको जानकारी दिए।

सिफारिस समितिले पुस ५ गते वर्णानुक्रमअनुसार ३ जनाको नाम सिफारिस गरेको हो। वर्णानुक्रमअनुसार भक्तपुर ठिमीका गोपीकृष्ण न्यौपाने पहिलो नम्बरमा छन्। त्यसपछि दोस्रोमा काठमाडौं ज्ञानेश्वरका ध्रुबबहादुर देवकोटा र तेस्रोमा कपिलवस्तु वाणगंगाका भूपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस गरिएको छ।