डुबेर बालकको मृत्यु

423

कार्तिक १९,
बुटवल । रुपन्देहीमा दानव नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१३ बेलबासका रेशम बुढा मगरका १५ महिनाका छोरा संगीत बुढा मगरको आज दानव नदीमा डुबेर मृत्यु भएको छ । नदीको पानीमा डुबेर अचेत अवस्थामा फेला परेका बालकको उपचारको क्रममा लुम्विनी नर्सिङहोम बुटवलमा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।