थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि

242

कार्तिक २७,
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार योसहित मुलुकभर अब संक्रमितहरुको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ भने मृतकको संख्या ११८९ पुगेको छ । पछिल्लो २४ घण्टामा २३४९ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । मन्त्रालयकाअनुसार अहिले देशभर संक्रिय संक्रिमितको संख्या ३८ हजार ४६१ पुगेको छ । आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या ११८९ पुगेको हो ।