Tuesday, September 22, 2026
Home राजनीति जसपाका नेता कार्यकर्तालाई अब लेवी

जसपाका नेता कार्यकर्तालाई अब लेवी

192

कार्तिक १२,
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ताका लागि लेवी तोकेको छ । नयाँ निर्णयसँगै पार्टीको सिफारिसमा कुनै लाभको पदमा गएका व्यक्तिले पनि पार्टीलाई लेवी बुझाउनु पर्ने हुन्छ । गत वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो भने गएको आसारमा निर्वाचन आयोगबाट मान्यता समेत प्राप्त गरिसकेको छ ।
जसपा नेपालको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने राजनीतिक समितिका सदस्यहरुले ७००, केन्द्रीय समितिका सदस्यले ५००, संघीय परिषद्का सदस्यले ३००, राष्ट्रिय समितिका सदस्यले २५० र संघीय सांसदहरुले१५ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ ।