भक्तपुरमा कोरोना सङ्क्रमितको संख्या कति पुग्यो, कुन नगरमा धेरै संक्रमित ?

282
फाइल तस्विर

भदौ ८,
भक्तपुर । भक्तपुरमा सबैभन्दा धेरै कोरोना संक्रमित मध्यपुरथिमि नगरपालिकामा रहेका छन् । मध्यपुरथिमि नगरपालिकामा ५१ महिला र ६३ पुरुष गरी ११४ मा सङ्क्रमण रहेको बताइएको छ ।
सूर्यविनायकमा २७ महिला र ५० पुरुष गरी ७७, भक्तपुर नगरपालिकामा २२ पुरुष र २५ महिला गरी ४७ र सबभन्दा कम चाँगुनारायण नगरपालिकामा सशस्त्र प्रहरी सहित पाँच महिला र ३४ पुरुष गरी ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । आजसम्म जिल्लामा ११३ महिला र १९४ पुरुष गरी कूल ३०७ मा कोरोना सङ्क्रमण भएको कोभिड सूचना व्यवस्थापन केन्द्रकी अस्मिता पवनले जानकारी दिएकी छिन् । कोरोना भाइरसको सङ्क्रमणबाट भक्तपुरमा स्थानीय दुई जनाको मृत्यु भएको छ ।