भक्तपुर आएर भौतिक मन्त्रीले निर्माण व्यवसायीलाई दिए चेतावनी, भिडियोमा हेरौं

573

पुस १३,
भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले अव निर्माण व्यवसायीलाई छुट भन्दै चेतावनी दिएका छन् । आइतबार भक्तपुर–नगरकोट सडक खण्डको अवलोकनपछि मन्त्री नेम्वाङ्गले भने ‘निर्माण व्यवसायीहरु अव जिम्मेवार हुनु पर्दछ, अब छुट छैन् र हुदैंन् ।’ सरकारले निर्माण व्यवसायीलाई संगसगै लिएर जाने अभियानका साथ सार्वजनिक खरिद नियमावली समेत संसोधन गरेको समेत मन्त्री नेम्वाङ्गको भनाई छ ।
‘कतिपय स्थान विभिन्न अवरोधका कारण योजनाहरु सम्पन्न गर्न समस्या भएपनि यहाँ छैन्, नीतिगत समस्या केही भए बसेर समाधान गर्नु पर्दछ, यो बन्छ कुनैपनि हालतमा बन्छ,’ उनले भने ।
स्थानीय बासिन्दा र सरकारले पूर्ण रुपमा साथ दिएकाले जिम्मेवार भएर भक्तपुर –नगरकोटल सडक खण्डको काम सम्पन्न गर्न उनले निर्देशन समेत दिएका छन् ।

काडाँघारी–सानोथिमि–पुरानोथिमि सडक खण्डमा केही समस्या भए विकल्प खोज्नु पर्ने तर विकाशलाई रोक्न भने नहुने भन्दै भौतीक पूर्वाधार मन्त्री नेम्वाङ्गले सबैलाई त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
उक्त अवसरमा उनले भने ‘सरकारको कार्यान्वयन गर्ने निकायबाट कुनै कमिकमजोरी नहोस् भन्दै आज हामी यहाँ महानिर्देशक, सचिव, जनप्रतिनिधीसबै संगै छौ, ।’
उनले ४० साल वर्षपछिपनि मध्यपुरथिमिको सडक अवस्था त्यस्तै भएकोमा को दोषि भन्दै प्रतिप्रश्न समेत गरे । सरकारले चार लेनको सडक बनाउन भन्दै बजेट विनियोजन गरेपनि समयमा नै काम हुन नसक्नु दुःखद भएको मन्त्री नेम्वाङ्गको भनाई छ ।
भ्रमण वर्ष २०२० सुरु हुन लागेकाले संसारभरका मनिस नगरकोट जानेभएकाले उक्त सडक समयमानै सम्पन्न गर्न उनले जोड दिए ।
कार्यक्रममा संघीय सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमखु सोमप्रसाद मिश्र, मध्यपुरथिमिका नगरप्रमुख मदन सुन्दर श्रेष्ठलगायतले भक्तपुरको विकाशकालागि सबै एक हुनु पर्ने बताए ।