असार २९,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका एक सांस्कृतिक नगर हो । प्रसिद्ध विस्का जात्रा अन्र्तगत मनाइने जिब्रो छेड्ने र सिन्दुर जात्रा संसारभर लोकप्रीय छ । यहिँ नगरमा जनप्रतिनीधी निर्वाचित भएर आएपछि नगरप्रमुख मदन सुन्दर श्रेष्ठ अझै सुन्दर बनाउन सक्रिय छन् । मध्यपुरका विभिन्न सांस्कृतिक सम्पदाहरुलाई संरक्षण र पूनर्निमाणमा श्रेष्ठ लागिपरेका देखिन्छ । यसैबिच विगत लामो समयदेखि खेल मैदान बनेको पोखरीलाई पूर्नजिवित गर्न नगरपालिका सफल भएको छ । मध्यपुर थिमि–४ दुईपोखरी संरक्षण तथा पुनर्निर्माणको पहिलो चरणमा सानो पोखरी पुनर्निर्माण गरी नगरपालिकाले शनिबार सांस्कृतिक मौलिक बाजागाजा बजाएर पोखरीको उद्घाटन गरेको हो । बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीचबाटोमै टुटेपछि पोखरीमा पानी सुकेको थियो ।
नगरपालिकाले उपभोक्ता समिति मार्फत चारैतिर इँटाको पर्खाल लगाई, कालीमाटी बिछ्याएर, इँटा छापेर पानी भरेको छ । सुरूमा ६ इञ्च कालीमाटी, ३ इञ्च पाङ्गो माटो र पुनः ६ इञ्च कालीमाटी गरी १५ इञ्च माटो बिछ्याएपछि इँटा सोलिङ्ग गरेर पानी टिकाउने कार्य गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । सानो पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले करिब डेढ करोड रुपैयाँ खर्चेको छ ।
पोखरी संरक्षणका गर्न स्थानीय निरन्जन श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको छ । दुईपोखरी अन्तर्गत ठूलो पोखरी संरक्षण तथा पुनर्निर्माणको कार्य समेत थालनी भएको हो । उक्त पोखरी संरक्षण तथा पुनर्निर्माणका लागि नगरपालिकाले चालुआर्थिक वर्ष ०७६र७७ मा १ करोड २५ लाख रुपैयाँ र वाग्मती प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसैगरि नगरभित्र शंखधर पार्क बनाउन, अन्य लोप भईसकेका पोखरीहरु बिउत्याउन नगरपालिका सक्रियसाथ लागि रहेको छ ।
तस्बिरः रेडीयो हिमालयनको अनलाइन संस्करणबाट लिएको हो ।