नेपालमा कोरोना संक्रमणको आजसम्मको ताजा अवस्था यस्तो छ, हेरौं

225

असार २,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेका छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् ।

देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर कैलाली, वाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ रोल्पा सर्लाहीमा थप ३८० कोरोना संक्रमित थपिएका हुन् । सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ ३८ र आरडीडीटीबाट २ लाख २३ हजार ५१९ जनको परीक्षण गरेको जनाएको छ । हालसम्म ११५८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।