जेठ २५,
एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने चेतावनी दिएका छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् । डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट बाहिरिन पनि पर्न सक्दछु, उनले भनेका छन्, ‘डब्लुएचओले राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेलिरहेको छ।’
राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुल्ला गरेकोमा डब्लुएचओले असहमति जनाउँदै गलत भएको टिप्पणी गरेपछि उनले यस्तो चेनावनी दिएका हुन् । लकडाउन खुल्ला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको भन्दै डब्लुएचओले चिन्ता जनाएको थियो । डब्लुएचओले सामाजिक दुरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति राख्दै आएका छन् । उनको यही असहमति र फरक मतका कारण तत्कालिन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गरेका थिए । मन्त्रीले लकडाउन लगाउने चाहने तर राष्ट्रपति बोल्सोनारोले भने लकडाउन लगाउन नहुने भनेकाले ती मन्त्री बर्खास्तीमा परेका हुन् ।