तीन दिनको मौसम यस्तो छ, हेर्नुहोस्

216

जेठ २५,
काठमाडौं । मौसम विश्लेषण (Meteorological Analysis):-
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणाली को प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने प्रदेश २ तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको तराई भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ । साथै गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भैरहेको अवस्था छ।

आगामी तिन दिनको मौसम पूर्वानुमान

जेठ २५ गते (आइतबार)

दिउँसोः देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश र प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकि प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २६ गते (सोमबार)

दिउँसोः प्रदेश १, गण्डकी, बागमती, र कर्णाली प्रदेशहरुमा सामान्य बदली तथा प्रदेश २, सुदुर पश्चिम र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम, प्रदेश २ र ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः वागमती प्रदेश, प्रदेश १ र प्रदेश २ मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २७ गते (मंगलबार)

दिउँसोः प्रदेश १, गण्डकी, बाग्मती, कर्णाली, सु.प प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु.प, प्रदेश २ र ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशभर आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।