वैशाख ७,
विराटनगर । विराटनगर स्थित कोभिड-१९ विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई अब यन्त्र मानव (रोर्बट)ले खानेकुरा पुर्याउने भएको छ । विराटनगर महानगरपालिकाले कोरोना विशेष अस्पतालका लागि तयार पारेको उक्त रोवर्टले अस्पताल परिसरमा हानिकारक जिवाणु मार्न औषधि छर्ने काम पनि गर्नेछ । मेयर भीम पराजुलीले अस्पतालमा कोरोना संक्रमितलाई राखिएकाले उनीहरूको संसर्गबाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर रोबर्टको सहायता लिन लागिएको बताए ।
कोभिड-१९ अस्पतालमा अहिले उदयपुरबाट ल्याइएको १३ जना कोरोना संक्रमितलाई राखिएको छ ।
विराटनगर महानगरपालिका संयोजनमा कारखाना नामक संस्थाले पाँच दिन लगाएर यो रोर्बटको विकास गरेको हो । पाँच जना युवाको समूहले ५० हजार रुपैयाँको लागतमा रोबर्ट तयार पारेको रोबर्ट तयार पार्ने कामको नेतृत्व गरेका शिरब आर्चायले बताए ।