Saturday, October 17, 2026
Home राजनीति ‘जनता खुशी नपारे कम्युनिस्ट पार्टी टिक्दैनन्’

‘जनता खुशी नपारे कम्युनिस्ट पार्टी टिक्दैनन्’

93

फागुन २२,
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनतालाई खुशी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने बताएका छन् । मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला –५, नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी टिक्नजनता खुसी हुनुपर्ने बताएका हुन् ।

‘आफ्नो देशका जनतालाई खुसी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिष्ट पार्टी पनि टिक्दैन, त्यो लोकप्रिय पनि हुँदैन’, नेता नेपालले भने, ‘जुन आफ्नो समाजमा जनताको बीचमा जनताको मन र भावनालाई जित्न सक्नुपर्छ । त्यो मन र भावनालाई बुझ्नालाई फेरि पनि मुल कुरा भनेको उही जनता नै केन्द्र हो ।’