फागुन १७,
भक्तपुर । प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेको छ ।
ती स्थानमा अनैतिक कार्य हुदैं आएको सूचनाका आधारमा छापा मारेर १६ जनालाई पक्राउ गरेको हो ।
जसमा ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीमा प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिएका छन् । यस क्षेमा सामाजिक बिकृतिका रुपमा बिकास भईरहेको छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शद्धिकरण अभियान सुरु गरेर ‘स्विप अपरेशन’ चलाएको डीएसपी जोशीको भनाई छ ।
पीसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरबाट उनीहरुलाई नियन्त्रण लिएको हो ।
अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानुन विपरितका गलत कार्य हुदैं प्रहरीले जानकारी दिएको छ ।
विशेषगरि यस क्षेत्रमा सञ्चालित खाजाघर, गेष्ट हाउस तथा रेष्टुरांलाई निगरानीमा राखेको छ ।
‘यौनजन्य क्रियाकलाप कै कारण श्रृजीत विभिन्न घटना दुर्घटना, अस्वस्थ्य प्रतिस्पर्धा जस्ता कारणले समाजमा विकृति बढेको गुनासो पछि प्रहरीले सुदृढीकरण अभियान अघि बढाएको हो,’ डीएसपी जोशीले भने ।
नियन्त्रणमा लिएकाहरु महिला तथा पुरुषहरुलाई प्रहरी सामाजिक मनोपरार्मश समेत दिइने गरेको छ ।













