Wednesday, October 7, 2026
Home समाचार तुम्बाहाङ्फे कानुन मन्त्रीमा नियुक्त

तुम्बाहाङ्फे कानुन मन्त्रीमा नियुक्त

178

फागुन ५, काठमाडौं । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले तुङ्बाहाम्फेलाई मन्त्रिपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा कानुन मन्त्रीमा नियुक्त गरेकी हुन्। उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएको कानुन मन्त्रीको जिम्मेवारी तुम्बाहाङफेलाई दिइएको हो। तुम्बाहाङ्फेले अहिले दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए। सभामुखको दाबी गर्दै आएकी तुङ्बाहाङ्फेलाई राजीनामा दिन लगाएर सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको छ। उपसभामुख पद भने अहिले खाली रहेको छ।