महरा निर्दोषः अदालतले दियो सफाइ

165

फागुन ५,
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर हो । अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियौ । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । महरा बा. २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका थिए । महराले सोही प्रकरणमा मुछिएपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए ।