माघ २०,
भक्तपुर, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले आगामी वर्ष नेपाल विकासन्मुख राष्ट्र घोषणा हुने दाबी गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल घोरसाईने गाउँमा संघिय सरकारको रु ४ करोडको लागतमा ८ मिटरको चौडाई गर्ने स्तरउन्नती तथा कालोपत्रे हुने भएको छ ।
सडकको शिलान्यास गर्दै सांसद बस्नेतले नेपालको अर्थतन्त्र व्यापक मात्रामा सुधार भइरहेको बताए । विकास आवश्यकता र मागका आधारमा हुने बताउँदै उनले अल्पविकसित मुलुकका विकास आवश्यकता भन्दा पनि मागका आधारमा गरिने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमाआफु विकास पनि नगर्ने र गर्नेलाई पनि कुनै पनि सानो कुरालाई वा तिललाई पहाड बनाई विरोधको खेती मात्र हुने गरेको बताए । नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले संघीयताको कार्यान्वयवनसँगै नेकपाले तीनवटै सरकारको सहयात्री भई अघि बढिरहेको स्पष्ट पारेका छन् ।
वडा नम्बर ८ का वडाध्यक्ष परासर सापकोटा, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख विष्णु प्रसाद काफ्लेले उक्त सडकलाई फास्ट ट्रयाकको रुपमा विकास गर्न सडकको चौडाईलाई स्तरउन्नती गर्नुपर्नेमा जोड दिएका छन् ।