प्रहरीमा एसपीको सरुवाः चितवन भनेएकी गंगा पन्तलाई पर्सा पठाइयो

555

माघ २१,
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर पनि त्यहाँको जिम्मेवारी नपाएकी एसपी गंगा पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन । हाल आएर प्रहरी प्रधान कार्यालयले उनलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । यसैगरी चितवन प्रहरी प्रमु्खको रुपमा नान्तिराज गुरुङको काज सरुवा भएको छ ।
यस्तै बारा प्रहरी प्रमुखमा कृष्ण पंगेनीलाई सरुवा गरिएको भने बारा प्रहरी प्रमुख विकाशराज खनाल दंगा नियन्त्रण गण सुनवलमा काज सरुवा भएका छन् ।

यस्तै एसपीहरु दीपक रेग्मी पूर्वी नवलपरासी, मोहन पोखरेल गण्डकी प्रदेश र अशोक सिंह प्रहरी प्रधान, कार्यालय इन्टरपोल शाखामा काज सरूवा भएका छन् । यता पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई भने काठमाडौं प्रहरी परिसर सरुवा गरिएको छ ।