महरालाई नेकपा सचिवालयको निर्देशन – सभामुख र संसद पदबाट राजीनामा दिनुहोस्

46

असोज १४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएको छ । । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले महरालाई पदबाट राजीनामा दिन भनेको हो। सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने- अनुसन्धानका लागि मार्गप्रशस्त गर्न सभामुख र सांसदबाट महराले राजीनामा दिनु पर्ने पार्टीले गरेको छ। ‘सभामुख महराले गम्भीर आरोप लागिसकेको अवस्थामा सभामुख र प्रतिनिधि सभा सदस्य दुवैबाट राजीनामा दिएर अनुसन्धान र छानविनमा सघाउनुपर्छ भन्‍ने निचोड नेकपा सचिवालय बैठकले निकालेको छु, प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुसँग बालुवाटारमा भने। संसद सचिवालयमै कार्यरत एकजना महिला कर्मचारीले आफ्नै कोठामा आएर महराले यौन दुर्व्यवहार गरेको आरोप सोमबार लगाएकी थिइन्। उक्त आरोपसहितको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि महरामाथि नैतिक संकट परेको थियो।