Sunday, September 27, 2026
Home मनोरन्जन बलिउडको चर्चित फिल्म शोलेका ‘कालिया’को निधन

बलिउडको चर्चित फिल्म शोलेका ‘कालिया’को निधन

252

एजेन्सी,असोज १३,
नयाँदिल्ली । बलिउडको चर्चित फिल्म शोलेका कालियाको भूमिका निभाएका कलाकार भिजु खोटेको निधन भएको छ। शरीरका विभिन्न अंगहरूले काम गर्न छोडेका खोटेको सोमबार बिहान मुम्बईमा निधन भएको हो। उनी ७७ वर्षका थिए। उनले सन् १९६४ मा ‘या मालक’ सिनेमामा अभिनय गरेर बलिउड यात्रा सुरू गरेका थिए। तीन सयभन्दा बढी हिन्दी र मराठी भाषाका सिनेमामा अभिनय गरेका खोटेलाई धेरैले शोलेमा उनले निभाएको कालियाको भूमिकाका कारण चिन्छन्। शोलेको एउटा चर्चित डाइलगले उनी चर्चित छन्। गब्बरले भन्छन्, ’तेरा क्या होगा कालियारु’ अनि कालियाले भन्छन् ‘सरदार मेने आपका नमक खाया हे सरदार।’

उनी सन् २०१८मा उनलाई अन्तिम पटक ‘जाने क्यु दे यारों’ सिनेमामा देखिएका थिए। भिजु खोटे भारतका अर्का चर्चित कलाकाल शुभा खोटेका कान्छा भाइ हुन्। उनका बुबा नन्दु खोटे पनि कलाकार थिए।