भदौ ३०,
काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार जना नेताहरूको बैठक अहिले जारी रहेको छ। उक्त बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी रहेका छन्।
चार जना नेताहरूको बैठकले पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल गरिरहेको छ। गत साल जेठमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा अझै केही आयोग र मञ्चहरूमा नेतृत्वको टुंग्याउन बाँकी छ। चार नेताहरूको बैठकले अब बस्ने पार्टी सचिवालय बैठकमा ती विषय टुंग्याउनेबारे छलफल गरेको बालुवाटार स्रोतले बताएको छ।