Sunday, September 27, 2026
Home समाचार रवि लामिछानेलाई थुनामा राख्न माग गरिएको रिटमाथि बिहीबार सुनुवाई हुने

रवि लामिछानेलाई थुनामा राख्न माग गरिएको रिटमाथि बिहीबार सुनुवाई हुने

107

भदौ २४,
हेटौंडा । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल तथा अभियुक्त अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाई हुने भएको छ। उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाई गर्ने जनाएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनका अभियुक्त रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्। तीनैजनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमाथि मंगलबार भएको सुनुवाईमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए।