Wednesday, September 23, 2026
Home समाचार स्याङ्जामा जिप दुर्घटना हुँदा एक बालिका सहित ३को मृत्यु, २५ जना घाईते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक बालिका सहित ३को मृत्यु, २५ जना घाईते

116
फाइल तस्बिर

भदौ १८,
बुटवल । स्याङ्जामा जिप दुर्घटना हुँदा एक बालिका सहित ३ जनाको मृत्यु भएको छ । पाल्पाको हुँगीबाट स्याङ्जा तर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जिप स्याङ्जाको गल्याङमा आज दुर्घटना भएको हो । दुर्घटनामा परि २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर निरञ्जन घिमिरेलेका अनुसारमृतक मध्ये एक जनाको नाम खुलेको छ भने अन्यको नाम ठेगना खुल्न नसकेको छैन् ।मृतक ११ महिनाकी बालिका पनसन परियारको मृत्यु भएको छ ।

जिपमा सवार २८ जनामध्ये बालिकाको घटना स्थलमै र अन्यको लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो । घाईते मध्ये १७ जनाको लुम्बिनी मेडिकल कलेल प्रवास, ४ जनाको युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । भने अन्य चार जनाको गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए । पाल्पाबाट जाँदै गरेको जिपले गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा जिप सडकबाट ३ सय मिटर तल खसेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।