Wednesday, September 30, 2026
Home समाचार रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

73

भदौ १८,
काठमाडौं । उच्च अदालत पाटनको हेटौंडा इजलाशले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनबाट कैफियत प्रतिवेदन मगाउन आदेश जारी गरेको छ । मंगलबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले यस्तो आदेश जारी गरेको हो ।

उक्न निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको हो। लामिछानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका थिए। उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरिएको उच्च अदालतको हेटौंडा इजलासका सहरजिष्ट्रार केशर अर्यालले जानकारी दिए। लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ।