भदौ १८,
काठमाडौं ।सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्न लागेको उनको नीजि सचिवालयले जनाएको छ।
वामदेव निकट स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि सिंगापुर जान लागेका हुन्। ‘उहाँ सिंगापुर नजाने भनेर बस्नुभएको थियो, प्रधानमन्त्रीबाटै बोलावट भयो, त्यसैले आज सिंगापुर जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीलाई लिएरै फर्किनुहुनेछ,’ गौतम निकट स्रोतले भन्यो। उपचारका लागि गत ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल मंगलबार नै सिंगापुर गइसकेका छन्।














