‘कृ’ निर्माता सुवासको ‘नन्दुलाल’ बन्दै खगेन्द्र

872

साउन ९,
काठमाडौं । अनमोल केसीलाई लिएर ‘कृ’ फिल्म बनाएका निर्माता सुवास गिरीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । वर्किङ टाइटल ‘नन्दुलाल’ राखिएको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने मुुख्य भूमिकामा प्रस्तुत हुनेछन् । फिल्मको कथा पनि खगेन्द्रले नै लेखिरहेका छन् । नन्दुलाल निर्देशनको समेत सोच बनाएका निर्माता गिरीले सामाजिक बिषयमा फिल्म बन्ने बताएका छन् । सुवास इन्टरटेन्मेन्टबाट बन्ने फिल्मलाई सुवासले निर्देशन गर्ने सम्भावना कति छ त रु ‘सामाजिक कथा भएकाले आफैले फिल्म निर्देशन गरौं कि भन्ने पनि लागिरहेको छ । तर पक्का भने भैसकेको छैन् । अहिलेलाई पचास पचास नै छ भनौं ।’

निर्माता सुवास गिरीले यसअघि हो यही माया हो, नोभेम्वर रेन, क्लासिक, पर्व र कृ लगायत फिल्महरुमा लगानी गरेका छन् । फिल्म निर्देशनमा भने उनले पहिलो पटक हात बढाउने सोच बनाएका हुन् ।